सोलुदुधकुण्डमा शिक्षा क्षेत्र योजना हस्तान्तरण तथा बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न - दुधकोशी खबर

सोलुदुधकुण्डमा शिक्षा क्षेत्र योजना हस्तान्तरण तथा बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

  • Dudh Koshi २०८० पौष १ आइतबार २२:४९:५३

सोलुखुम्बु । रीड नेपालको आयोजना तथा सोलु दुधकुण्डको समन्वयमा आयोजित एक कार्यक्रममा नगर पालिकाको शिक्षा क्षेत्र योजना हस्तान्तरण तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण र बाल सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशालामा नगरपालिका भित्रको वर्तमान लैंगिक अवस्था बारे छलफलका साथै नगरपालिकाको लैंगिक नीति निर्माण बारे पनि छलफल तथा शिक्षा क्षेत्र योजना माथि छलफल गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिका उप-प्रमुख गान्धी माया तामाङ, नि. प्रमुख प्रशासकीय अधिकृत रामकुमार खड्का लगाएत शाखा प्रमुखहरु , सामाजिक विकास समिति संयोजक सोनाम ग्याल्जेन शेर्पा लगाएत वडा अध्यक्षहरु, रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटी लगाएत रीड नेपालका कर्मचारीहरु, विद्यालयका प्रतिनिधि वि व्य स तथा प्र अ हरु र स्थानीय सस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर पालिका उप प्रमुख गान्धी माया तामाङले नगरपालिका आफैले गर्नु पर्ने कार्यक्रमहरुमा रीड नेपालले प्राविधिक सहयोग गरी नगरपालिकाको शैक्षिक कार्यक्रममा सहयोग गर्दै आइरहेकोमा धन्यबाद व्यक्त गर्दै शिक्षा योजना तथा लैंगिक नीति अतिनै महत्तपूर्ण र आवश्यक भएको हुँदा आगामीदिनमा यसलाई थप परिमार्जन, निर्माण र प्रभावकारी रुपमा कार्यन्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक सोनाम ग्याल्जेन शेर्पाले गोष्ठी महत्त्वपूर्ण रहेको बताउदै गोष्ठीमा छलफल भएका विषयलाई कार्यन्वयनमा लैजाने बताउनु भयो ।

कार्यक्रममा रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले नगरपालिका उप प्रमुखलाई शिक्षा क्षेत्र योजनाको ड्राफ्ट हस्तान्तरण गर्दै कार्ययोजना निर्माणमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिदै योजनामा गर्न बाकी कामहरु छिट्टै पुरा गरी मुर्तरुप दिएर कार्यन्वयनमा ल्याउन नगरपालिकालाई आग्रह गर्दै रीड नेपालले थप सहयोग गर्नु पर्ने ठाउमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

तपाईको बिचार

सम्बन्धित खबर