सोलुखुम्बुमा तीन वटा स्काभेटरमा आगजनीको आरोपमा पाँच जना पक्राउ - दुधकोशी खबर

सोलुखुम्बुमा तीन वटा स्काभेटरमा आगजनीको आरोपमा पाँच जना पक्राउ

??????????????????????????????????????????????????????????

सोलुखुम्बु – सोलुखुम्बुमा ३ वटा स्काभेटरमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका ५ का सुबाश राई र एक जना नाबालक, थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दिप राई रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार एकराज र हेमन्तलाई गत असार ५ गते थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुमा पाकिङ गरेको अवस्थामा रहेको बा.२.क.४८७८ नम्बरको स्काभेटरमा आगजनी गरेको आरोप छ ।

यस्तै एकराज, सन्दिप, एक नाबालक र सुबाश विरुद्ध गत साउन ४ गते थुलुङ दुधकोशी गाउँपालिका ५ मा पार्किङ गरिराखेको बा. २ क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गरेको आरोप छ । एकाराज, सन्दिप, नाबालक र एक नाबालकलाई मंसिर ३ गते थुलुङ दुधकोशी गाउँपालिका ५ मै पार्किङमा रहेको प्रदेश–३–०१.००३ क ६५४४ नम्बरको स्काभेटरमा आगजनीको आरोप लागेको छ ।

उनीहरु मध्ये एकराज र सन्दिप मंसिर ११ गते, हेमन्त मंसिर १७ गते, सुबाश र एक नाबालक मंसिर २० गते पक्राउ परेको प्रहरी निरीक्षक शाहले बताउनुभयो । जसमा सन्दिप र सुबाश रामेछापबाट पक्राउ परेका हुन् भने अन्यलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

तिन वटै घटनामा एकाराज राई संलग्न देखिएको छ भने दुई वटा घटनामा सन्दिप र नाबालकको संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुले अपराध स्विकार गरिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनामा संलग्न एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध अपराधिक उपद्रो शिर्षकमा मुद्धा चलेको छ । हाईड्रोपावरको काममा प्रयोग भएको उक्त स्काभेटर मध्ये बा. २ क ९१२१ नम्बरको राम बहादुर राईको र अन्य दुई वटा प्रकाश राईको रहेको बताइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर