नागरिकले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन - दुधकोशी खबर

नागरिकले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार आयोजित आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन सम्बन्धी चौमासिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ।

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित कार्ययोजनाको कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवम् विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले नागरिकले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले एकअर्काका कमी कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आफू नेतृत्वको सरकारको एक वर्षे कार्यकाल पूरा हुने चरणमा रहेको र यस अवधिमा अपेक्षा गरिएअनुसारका काम भएकाे प्रचण्डकाे भनाइ छ ।

तपाईको बिचार

सम्बन्धित खबर