सोलुखुम्बु। सोलुखुम्बुको सेलगुढी डाँडाबाटसुरु हुने एभ्रेष्ट दुधकोशी कल्चरल ट्रेल पर्यटन पर्वद्धनका लागि कोसे ढुंगा सावित हुने माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले दाबी गर्नुभएको छ ।
कार्यक्रमको बारेमा जानकारी गराउन सल्लेरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष राईले आगामी शुक्रबार पर्यटन क्षेत्रका निग्गज व्यक्तित्वहरुको उपस्थितीमा सुरु हुने उक्त ट्रेलले गाउँपालिकाको मात्रै नभई देशकै पर्यटन पर्वद्धनमा ठुलो टेवा पुग्ने बताउनुभयो । माप्यदुधकोशी गाउँपालिकाले नेपाल टुरिजम बोर्ड र टानसँगको सहकार्यमा मंसिर २९ गतेबाट ट्रेल सुरु गर्दै छ ।
उक्त कार्यक्रममा सोलुखुम्बुका संघीय सांसद मानवीर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, प्रदेश सांसद बुद्धि कुमार राजभण्डारी, पर्यटन बोर्डका डाइरेक्टर मनिराज लामिछाने, टानका अध्यक्ष निलहरी बास्तोला, विश्वकिर्तिमानी आरोही कामी रिता शेर्पा लगायतको उपस्थिती रहने जनाइएको छ ।
पर्यटनको हबको रुपमा माप्यदुधकोशीलाई विकास गर्ने हेतुले पालिकाले रक क्लाइम्भिङ सेन्टर पनि निर्माण गर्दै छ । महभिरमा निर्माण गरिएको उक्त रक क्लाइम्भिङले विश्वको पर्यटनको ध्यान खिच्नमा बल पुग्ने गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको विश्वास छ ।
तपाईको बिचार