मानव अधिकार संगठन सोलु शाखाले गर्यो कारागार सोलुलाई सहयोग - दुधकोशी खबर

मानव अधिकार संगठन सोलु शाखाले गर्यो कारागार सोलुलाई सहयोग

  • Dudh Koshi २०८० मंसिर २५ सोमबार २२:५४:१८

सोलुखुम्बु । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सोलुखुम्बुले जिल्ला कारागारलाई १० हजार बराबरको विभिन्न सामाग्रीहरु सहयोग गरेको छ ।

संगठनले ७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आईतबार कैदीबन्दीहरुका लागि खेलसहितका सामाग्रीहरु सहयोग गरेको हो ।

प्राप्त सामाग्रीहरुमा स्टेलको थाल २५ थान, जग ४ थान, व्याडमिन्टन नेट १ थान, कक ६ थान, चेस १ थान र लुडो २ सेट रहेको जेलर केशव बहादुर धामीले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर