सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउपालिका खरिखोलामा बिगत लामो समयदेखी खरिखोला गाउको अस्पताल, बिधालय, गरिब परिवारको बासस्थान, छात्रवृत्ति, शैक्षिक सामाग्री, कोभिडको समयमा दिर्घ रोगिहरुको लागि निशुल्क औसधि बितरन लोक कल्याणकारी सस्था Action Kharikhola switzerland ले गरेको छ ।
उक्त आर्थिक सहयोग र Action Kharikhola Nepal को सहकार्य र आयोजनामा खरिखोला माध्यमिक बिधालयको ४८ जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्ति बितरण र हालको प्रबिधिमैत्री समयसापेक्ष प्रयोग हुने Smart Board खरिद र सो सस्थाबाट निर्मित पुरुष छात्रबासको मर्मत सम्भार गर्नु भएको हो ।
Action Kharikhola switzerland का प्रतिनिधि Andre Sauthier र Action Kharikhola Nepal को अध्यक्ष शेर बहादुर मगर लगायत सस्थाका सम्पुर्ण सदस्यहरु प्रती बिद्यालय परिवार र सम्पुर्ण खरिखोला बासिले समाजसेबी मगरलाई धन्यवाद आभार प्रकट गरेका छ्न ।
साथै सोही सस्थाबाट नै जग्गा खरिद र घर समेत निर्माण गरेको राम कुमार श्रेष्ठको घरको छानो पुन नया परिवर्तन, शौचालय समेत निर्माण गर्नु भएको हो ।
Action Kharikhola switzerland का सस्थापक उपाध्यक्ष आन्द्रे सोथिएरको निजि लगानिमा खरिखोला स्थित पेमा नाम्दिङ गुम्बाको २ कोठे सौचालयको पुन.मर्मत सम्भार समेत गर्नु भएको थियो ।
तपाईको बिचार