महाकुलुङमा २ दिने सिकाई आपूरण तथा दु्रत सिकाई योजना कार्यक्रम सम्पन्न - दुधकोशी खबर

महाकुलुङमा २ दिने सिकाई आपूरण तथा दु्रत सिकाई योजना कार्यक्रम सम्पन्न

सोलुखुम्बु :     महाकुलुङ गाउँपालिका २ दिने सिकाई आपरण तथा दु्रत सिकाई योजना कार्यक्रम सम्पन्न भएको छ । महाकुलुङ गाउँपालिका र शिक्षा युवा तथा खेलकुद शाखा बुङको सहकार्यमा २४ गतेबाट सुरु गरिएको तालिम आज सोमबार सम्पन्न भएको हो । महाकुलुङ गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको तालिममा महाकुलुङका १९ वटा आधारभुत विद्यालयका ३७ जना शिक्षकहरुको सहभागीता रहेको सञ्चारकर्मी झलक राईले जानकारी दिनुभयो ।
     राईका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक र गैर सरकारी संस्था लगायत शिक्षा सरोकारवालाहरुका लागि २ दिने तालिम दिइएको हो ।  कोभिड १९ बाट भएको सिकाइ क्षती न्यूनीकरण, आपुरण तथा अभिवृद्धि गर्न सहजीकरण गर्न, विद्यालय छोड्ने र दोहोराउने दरलाई कम गर्न, तुलनात्मक रूपमा बढी शैक्षिक क्षेती भएका पालिकाहरुको पहिचान गरि सहयोग कार्यक्रम सञ्चालन गर्न, तथा तिनै तहका सरकार, शिक्षा क्षेत्रमा कार्यरत गैसस शैक्षिक संघ संस्था सगँ समन्वय र सहकार्य गरी सबै बालबालिकाको सिकाईमा निरन्तरता र सुनिश्चितता गर्ने उदेश्यले तालिम आयोजना गरिएको थियो । महाकुलुङ शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख झमक बहादुर बटुवालले सहजिकरण गर्नु भएको छ । 
 

तपाईको बिचार

सम्बन्धित खबर