सोलुखुम्बु – सोलुखुम्बुका साहित्यकार तथा राजनितिज्ञ स्वर्गीय डि.बी. किराँती(थुलुङ)का स्मृतिमा खुला नृत्य प्रतियोगिता हुने भएको छ । किराँतीको दोश्रो स्मृतिमा डि.बी. किराँती(थुलुङ) स्मृति प्रतिष्ठानले सल्लेरीमा पुस ४ गते प्रतियोगिता आयोजना गर्ने भएको हो ।
जिल्ला समन्वय समितिको समिक्षालय हलमा हुने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद १० हजार, ७ हजार ५ सय र ५ हजारको साथमा प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष कुमारराज श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाली लोकलय र राष्ट्रिय गितलाई प्राथमिकता दिइने छ भने एक समुहमा २ जनादेखि ८ सम्म सहभागी गराउने पाउने आयोजकले जनाएको छ । साथै भेषभुषा र श्रंगारलाई पनि विशेष मान्यता दिइने प्रतिष्ठानका संरक्षक सुर्य कुमारी सुनुवारले बताउनुभयो ।
स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्दै आएको उक्त प्रतिष्ठानले यस वर्ष जिल्लाको संस्कार संस्कृतिलाई समेत जर्गेना गर्ने हेतुले नृत्य प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
तपाईको बिचार