सोलुखुम्बुको फुलेलिमा एक महिला मृत अवस्थामा फेला - दुधकोशी खबर

सोलुखुम्बुको फुलेलिमा एक महिला मृत अवस्थामा फेला

प्रकाश राई/सोलुखुम्बु

सोलुदुधकुन्ड नगरपालिका वडा न. १ टाक्सिन्दु फुलेली निवासी जित वीर बिकको श्रीमती कबिता बिक आफ्नै घरको भान्सा घरमा मृत अवस्थामा भेटिएको छ ।
२०८० मङ्सिर ९ गते बिहानको ७:०० बजे आफ्नै छोरीले निजलाई मृत अवस्थामा भेटेकि जिल्ला प्रहरी कार्यलयका बरिस्ठ शाही सुन्दर चौधरी घटनास्थलाबाट जानकारी दिनु भयो ।
३ दिन देखि नेपाल प्रहरिको निगरानीमा निजको लासलाई मृतकको श्रीमान र माईतीहरु नआईन्जेल सम्मको लागि सोही अवस्थामा राखिएको थियो भने मृत्युको कारण खुलेको छैन । मृतकको श्रीमान बैदेशिक रोजगारको लागि दुबाईमा रहेकोले आज लासलाई पोस्ट मार्टमको लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।
मृतक कबिता बिक २०७९ बैशाख २९ गतेको सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा नेपाली कङ्ग्रेस पार्टीको तर्फबाट  प्रतिस्पर्धी दलित महिला सदस्य र नेपाली कङ्ग्रेसका कृयशिल समेत हुनुहुन्थ्यो ।

तपाईको बिचार

सम्बन्धित खबर