टाक्सिन्दुमा उडिरहेको कैलास हेलिकप्टरबाट काठ सहितको सामाग्री खस्यो - दुधकोशी खबर

टाक्सिन्दुमा उडिरहेको कैलास हेलिकप्टरबाट काठ सहितको सामाग्री खस्यो

  • Dudh Koshi २०८० कातिर्क २८ मङ्गलबार ११:४२:३७

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु हेलिप्याडबाट खुम्बु क्षेत्रका लागि उडेको हेलिकोप्टरबाट कार्गो सामान खसेको छ । हाम्रा सहकर्मी प्रदिप राईले दिएको जानकारी अनुसार आज अपरान्ह ४ बजे टाक्सिन्दुबाट झुण्याएर काठ लिएर उडेको हेलिकोप्टरले टाक्सिन्दु कै छुल्यामु पुगेपछी सामाग्री खसेको हो ।

सोलुदूधकुण्ड–१ टाक्सिन्दु हेलिप्याडबाट खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेका लागि कार्गो सामान लिएर उडेको हेलिकप्टरबाट जङ्गलमा सामान खसेको हो । हेलिकप्टरबाट खसेको प्लाइउड झन्डै छ सय ५० किलो बराबरको रहेकाे टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामान खसेको ठाउँ बस्तीबाट झन्डै दुई किलोमिटर टाढा रहेको छ । जङ्गलमा खसेका कारण मानवीय क्षति हुन नपाएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

हेलिकप्टर कम्पनीहरूको लापर्बाहीका कारण बस्तीमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

यसरी पटक पटक सामाग्री खसाल्दै आएको कैलास हेलिकप्टरको विषयमा हामीले सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल  जाङ्बु शेर्पासँग कुरा गर्दा उहाँले यस विषयलाई गम्भीरताको साथ लिएर हेलिकप्टर संचालक कम्पनिहरु हेलि चलाउनु पर्ने बताउनुभयो । साथै तत्काल नै यस विषयमा छानविन प्रक्रिया अगाडि बढाउनको लागि आग्रह गर्ने समेत उल्लेख गर्नुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर