नेले युथको भाले प्रणय राईको टिमले समात्यो, बद्रीले चुमे स्लो बाईकको उपाधी - दुधकोशी खबर

नेले युथको भाले प्रणय राईको टिमले समात्यो, बद्रीले चुमे स्लो बाईकको उपाधी

  • Dudh Koshi २०८० कातिर्क २५ शनिवार १६:०६:३७

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा पोल भाले समाउने प्रतियोगिता र स्लो बाइक रेस कार्यक्रम सम्पन्न भएको छ । आज नेले युथ क्लबद्धारा आयोजित भाले समाउने प्रतियोगितामा  प्रणय राई, रोशन पौडेल, लेखराज खड्का र दुर्गा श्रेष्ठको टिम बिजेता भएको छ ।

यस्तै स्लो बाईक रेस प्रतियोगितामा बद्री पाल प्रथम, सचिन थापा द्धितिय र विमोचन बस्नेत तृतिय भएको आयोजकले जनाएको छ ।

पोलमा राखिएको भाले समाउने बिजेता टिमले भाले पाएका छन् भने स्लो बाइक रेसका बिजेतालाई नगद २ हजारको साथमा एउटा भाले, द्धितिय हनेलाई एउटा भाले र तृतिय हुनेलाई एक क्रेट अण्डा पुरस्कार प्रदान गरिएको छ । स्लो बाइक रेसमा १८ जना प्रतियोगीहरु सहभागी थिए ।

तपाईको बिचार

सम्बन्धित खबर