सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाद्वारा स्वरोजगार सृजना गरि आयआर्जन वृद्धि गराउने लक्ष्य सहित वडा नम्बर ७ मा सञ्चालित तीन महिने आधारभुत ढाका बुनाइ तालिम समापन भएको छ ।
उत्पादित बस्तुको अवलोकन र विशेष तालिम समापन समारोहमा गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राई सहितको टोलिले आज स्थलगत निरीक्षण गरेको हो ।
पालिकाले पुर्वाधार बिकाससङ्गै सामाजिक तथा आर्थिक विकासमा उत्तिकै महत्वका साथ कार्य गरिरहेको र उत्पादित बस्तुको बजारीकरण गर्ने कार्यमा स्थानीय सरकारले सहजीकरण गर्ने पालिका प्रमुखले बताउनुभयो ।
गत बैशाखबाट सुरु भएको तालिममा १५ जना महिलाहरु सहभागी भएका थिए । तालिमको सहजिकरण पार्वती राईले गर्नुभएको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।
तपाईको बिचार