सोलुमा पहिलो पटक अरनिको सेवा सुरु, यी ठाउँमा जान सकिन्छ - दुधकोशी खबर

सोलुमा पहिलो पटक अरनिको सेवा सुरु, यी ठाउँमा जान सकिन्छ

  • Dudh Koshi २०८० कातिर्क २२ बुधबार ०९:५९:४२

सोलुखुम्बु । पूर्व अरनिको यातायातले सोलुखुम्बु सदरमुकाम देखी काठमाण्डौं यातायात सेवा प्रारम्भ गरेको छ । आज सोलुदुधकुण्ड नगरपालिका ४ मा रहेको नव निर्मित बस पार्कमा उद्घाटन कार्यक्रमको आयोजना गरी पूर्व अरनिको यातायातले औपचारिक रुपमा सेवा शुभारम्भ गरेको हो।
अरनिको यातायात सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले सुरक्षित, भरपर्दो र सेवामा उत्कृष्ट हुन आग्रह गरेका छन् ।
अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक र बालबालिकालाई सहुलियत यात्राको व्यवस्था सहित सेवा प्रभावकारी बनाउन मेयर शेर्पाले बस सञ्चालक समितिलाई सुझाव दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोपिला राइले सुरक्षित र गुनासो रहित सेवा प्रदान गर्न सुझाव दिएकी छिन ।
यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले ट्राफिक नियम उल्लंघनका कारण सवारी दुर्घटना बढ्ने भएकाले ट्राफिक नियमको पालनालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा यात्रु तथा सरोकारवालाहरुले लक्षित वर्गलाई छुट तथा सहुलियतको व्यवस्था कार्यान्वयन गर्न, तोकिएको भन्दा बढी भाडा नलिन र सोलुखुम्बु पर्यटकिय क्षेत्र भएकोले प्रभावकारी सेवा दिन आग्रह गरेका छन् ।
कार्यक्रममा पूर्व अरनिको यातायातका अध्यक्षमा केदार क्षेत्रीले यातायात क्षेत्रको सुधारका लागि पूर्व अरनिको यातायातले सकारात्मक कार्यको थालनी गरेको जानकारी दिएका छन् । गुनासो बिहिन सेवा प्रदान गर्नु पहिलो प्राथमिकता रहेको क्षेत्रीको भनाई छ ।
पुर्व अरनिकोले सोलुखुम्बुमा पहिलोपटक सेवा सुचारु गर्न थालेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर