सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-७ स्थित नाम्से आधारभुत विद्यालयको भवन उद्घाटन सम्पन्न भएको छ ।
थुलुङ दुधकोशी गाउँपालिकाको रु. २९ लाख बजेटमा स्वर्णिम टोल विकास संस्थाले उक्त भवन निर्माण गरेको हो ।
५ कोठे भुकम्प प्रतिरोधी भवन २०७९ साल माघ २६ गते सम्झौता भई २०८० साल बैशाख मसान्तमा निर्माण सम्पन्न भएको थियो ।
उक्त भवनको गाउँपालिका अध्यक्ष असिम राईले आज रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
हाल बालविकास देखि ३ कक्षासम्म पठनपाठन हुँदै आइरहेको यस विद्यालयमा ४२ जना विद्यार्थिहरु अध्ययनरत छन ।
यस्तै शिक्षक २ जना, बालविकास सहयोगी कार्यकर्ता १ , कार्यालय सहयोगी १ गरि ४ जना कर्मचारी कार्यरत छन ।
नाम्से अधारभुत विद्यालयको पुरानो भवन रहेको भएपनी २०७२ सालको भुकम्पबाट जिर्ण भएकाले चित्राको टहरामा पठनपाठन गराइदै आएको थियो । भवन उद्घाटनसँगै पठनपाठनमा सहजता भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्दिराम नेपालीले जानकारी दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, स्थानियवासी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
नाम्से आधारभुत विद्यालयको भवन उद्घाटन

ताजा
लोकप्रिय
सम्बन्धित खबर
सोताङ गाउँपालिकामा रिडले गर्यो कार्यशाला सम्पन्नसँगै योजना ड्राफ्ट हस्तान्तरण

जिरो पोइन्टदेखि दोर्पु जाने सडक ढलानको मेयर शेर्पासहितको टोलिद्वारा अनुगमन

बन्यो खुम्बु जोड्ने मोटर पुल, हट्यो सास्ती

जनप्रीय माविको अक्षयकोषमा पहिलो दिन नै २० लाख बढी रकम संकलन

सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

तपाईको बिचार