सोलुखुम्बु/दिप खालिङ
सोलुखुम्बु । जाजरकोट भुकम्प प्रभावित स्थानीयको लागि राहत सामाग्री दिनेक्रम निरन्तर चलिरहेको छ । यसविचमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत स्वरुप सोलुखुम्बुका समाजसेबि डा.पासाङ काजि लामाले पाइला पाइलाको आशा संस्थाद्वारा वर्षमान पुन र जनार्दन शर्मालाई राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।
बजार मूल्य ६ लाख बराबरको ३०० थान सिरक र ४०० कार्टुन चाउचाउ उपलब्ध गराएको सस्थाका सस्थापक अध्यक्ष पासाङ लामा बताए ।
जाजरकोटको बारेकोट १ रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रवार मध्यरातमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा परेका पीडितका नाममा लामाले सस्थाद्वारा राहत उपलब्ध गराएको हो । ‘सरकारी संयन्त्रले उक्त राहत सामग्री इमान्दारी पूर्वक भूकम्प पीडितहरुलाई वितरण गर्छ भन्ने विश्वास गरिएको छ,’ पासाङ काजि लामाको जिकिर छ ।
आज काठमाडौमा एक कार्यक्रम सहित हस्तान्तरण कार्यक्रम समापन भएको थियो। शेर्पाले यी संंस्थामार्फत सामाजिक रुपान्तरणको क्षेत्रमा भुमिका खेल्दै आउनुभएको छ ।
तपाईको बिचार