हलेसी तुवाचुङले गर्यो पश्चिमका भुकम्प पीडितहरुका लागि नगद सहयोग - दुधकोशी खबर

हलेसी तुवाचुङले गर्यो पश्चिमका भुकम्प पीडितहरुका लागि नगद सहयोग

सोेलुखुम्बु ।  खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि साडे ११ लाख बढी नगद सहयोग गरेको छ।

आज सोमबार नगरपालिकाले पालिमा कार्यरत जनप्रतिनिधी, कर्मचारी र शिक्षकहरुको २ दिनको सुविधा बापतको रकम कट्टा गरी कुल ११ लाख ५१ हजार १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै रुकुम पश्चिम र जाजरकोटमा गएको भुकम्पका कारण ठुलो जनधनको क्षति भएकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

चाडपर्व नजिकिदै गर्दा जाजरकोट र रुकुम पश्चिममा प्राकृतिक प्रकोप भुकम्पका कारण मुलुक शोकमा परिणत भएको छ र यो मानविय सम्बेदनालाई मध्येनजर गर्दै हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकुहरुबाट २ दिनको सुबिधा कट्टागरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ५१ हजार १०० रुपैयाँ सहयोग गरेको गरिएको कुरा नगरपालिकाद्धारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

तपाईको बिचार

सम्बन्धित खबर