सुविधा सम्पन्न नाम्चे सामुदायिक अस्पतालको उद्धाटन - दुधकोशी खबर

सुविधा सम्पन्न नाम्चे सामुदायिक अस्पतालको उद्धाटन

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङलहामु गाउँपालिका ५ नाम्चेमा निर्माण गरिएको अम हङ गील नाम्चे सामुदायिक अस्पतालको उद्धघाटन गरिएको छ ।

राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले आज एक औपचारिक कार्यक्रमकाबीच उद्धघाटन गरिएको वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिए।

गाउँपालिकाको आर्थिक सहयोगमा अम हङ गील ह्युमन फाउण्डेसनद्धारा निर्माण गरिएको ५ शैयाको अस्पतालमा एमबीबीएस डाक्टरद्धारा सम्पूर्ण सेवाहरु प्रदान गरिनुका साथै अस्पताल सञ्चालनका लागि गाउँपालिका, फाउन्डेसन र अस्पताल बीच त्रिपक्षिय सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

करिव दुई करोड रुपैयाँ लगानिमा अस्पताल निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर