सोलुका शेर्पाबारे लेखिएको ‘स्टेप बाई स्टेप’ पुस्तक सार्वजनिक - दुधकोशी खबर

सोलुका शेर्पाबारे लेखिएको ‘स्टेप बाई स्टेप’ पुस्तक सार्वजनिक

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे लेखिएको ‘स्टेप बाई स्टेप’ पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा शनिवार आयोजित एक समारोहमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले पुस्तक सार्वजनिक गरे ।

‘स्टेप बाई स्टेप’ पुस्तक मार्क पावेलले लेख्नुभएको हो । उक्त कार्यक्रममा पोखरेलले लेखक पावेलले माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे किताब लेखेर विश्वसामु परिचित गराउन प्रयास गरेको भन्दै धन्यवाद दिए ।

उनले एउटा शेर्पा समुदायबाट अगाडि आएको युवा कसरी ‘स्टेप बाई स्टेप’ गर्दै अगाडि बढ्छ भन्ने कुरा रहेको पुस्तकमा समेटिएको बताए।

तपाईको बिचार

सम्बन्धित खबर