इटालिका मार्टिनोको सोलु वाकुमा ज्यान गयो - दुधकोशी खबर

इटालिका मार्टिनोको सोलु वाकुमा ज्यान गयो

  • Dudh Koshi २०८० कातिर्क २० सोमबार १३:५३:५०

प्रधान सम्पादक: दिप खालिङ
सोलुखुम्बु :  जिल्लाको माप्य दुधकोशी गाउँपालिका-६ वाकुमा मोन्भिजो एक्पिडेसन प्रा.लि. बाट हिजो मात्र प्रस्थान गर्नु भएका इटालि निवासि वर्ष ७४ का मार्टिनो बोरिनोको साँझ ७ बजे हृदयघातका कारण मृत्यु भएको छ ।
मोन्भिजो नेपाल फाउन्डेशनको आर्थिक सहयोगमा निर्माण भएको घेराबार उद्घाटन कार्यक्रममा उपस्तिथितिका लागि निज वाकु आइपुग्नुभएको थियो । तर दुर्भाग्यबस निजको मृत्यु भएको मोन्भिजो नेपालका अध्यक्ष छोङ्बा लामाले जानकारी दिनुभयो ।

माप्या दुधकोशी गाउपालिकाका प्रमुख बुद्विकिरण राई र उप प्रमुख गौरब राईले मार्टिनोका लासलाई पूmलमाला अर्पण गरि श्रद्वान्जलि व्यक्त गरेका थिए ।

सगरमाथा माध्यामिक विद्यालयका शिक्षक शिक्षिका, अभिभाबक, तथा विद्यार्थीहरुले विद्यालयमा शोक मनाएका छ्न ।

टाक्सिन्दुको शैक्षिक क्षेत्रमा पनि अतुलनिय योगदान पु¥याएका मार्टिनोलाई त्यहाँ पनि श्रद्वान्जलि अपर्णको लागि केहि समय राखि आजै मृतकको लासलाई काठमाण्डौको टिचिङ अस्पताल लगिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर