सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुस्थित असहाय बालबालिका आमा केन्द्रले २५ औं बर्ष पार गरेको छ । वि.सं. २०५५ सालमा ङवाङ दोर्जी शेर्पाको अध्यक्षतामा स्थापित संस्थाले सो अवसरमा सहयोगी दाताहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।
साथै कोशी प्रदेशका निवर्तमान उर्जा जलस्रोत तथा सिचाइ मन्त्री बुद्धिकुमार राजभण्डारीले सामाजिक क्षेत्रमा असाहाय बालबालिका आमा केन्द्रले प्रसंसनिय काम गरेको बताए ।
समाजमा रहेका असहाय बालबालिकाहरुको शैक्षिक भबिष्य सुढृण बनाउने उदेश्यले स्थापना गरिएको यस संस्थाले अनबरत काम गर्दैं आज २५औं वर्ष पार गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा पेमा थोरचेन लामा रिम्पोछे, बिशिष्ट अतिथिको रुपमा कोशी प्रदेशका निबर्तमान खानेपानी सिंचाई तथा उर्जा मन्त्री एवम सोलुखुम्बु प्रदेश ख का बर्तमान सांसद बुद्धिकुमार राजभण्डारी लगायतको उपस्थिती रहेको थियो ।
तपाईको बिचार