सोलुखुम्बुमा ६८ औं प्रहरी दिवश : १२ उत्कृष्ट प्रहरी सम्मानित - दुधकोशी खबर

सोलुखुम्बुमा ६८ औं प्रहरी दिवश : १२ उत्कृष्ट प्रहरी सम्मानित

  • Dudh Koshi २०८० असोज ३० मङ्गलबार ०३:५५:२६

सोलुखुम्बु  ६८ औँ प्रहरी दिवस २०८० को अवसर पारेर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न कार्यक्रम आयोजना गरेको छ । कार्यालयले प्रहरी दिवश कै अवसरमा कार्यक्रमका प्रमुख अतिथी ज्यु बाट पुष्पहार अर्पण सहित शोक सलामी अर्पण साथै अमर प्रहरी प्रती १ मिनेट मौनधारण गरिएको छ ।


यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल मिश्रले  प्रहरी महानिरिक्षक ज्यु ले पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुभयो ।

यस्तै सोही कार्यक्रमको अवसरमा निबन्ध लेखन प्रतियोगिताका बिजेता, उत्कृष्ट प्रहरी कर्मचारी तथा खेलकुदका बिजेता एवम  उप-बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ भने प्रहरी सन्ततीलाई उत्कृष्ट जेहेन्दार छात्रावृती प्रदान गरिएको थियो ।

यस्तै प्रहरी चौकी निर्माणको लागि नि:शुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गादातालाई कदर पत्रसहित सम्मान गरिएको छ ।

साथै सहभागी वक्ताहरुले प्रहरी नागरिकको साथी भएकाले शान्ती सुरक्षा कायम राख्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन ।

तपाईको बिचार

सम्बन्धित खबर