जजा मावी सल्लेरीका शिक्षकहरु कार्की र चौंलागाई सम्मानित - दुधकोशी खबर

जजा मावी सल्लेरीका शिक्षकहरु कार्की र चौंलागाई सम्मानित

  • Dudh Koshi २०८० असोज २७ शनिवार १७:४१:५३

सोलुखुम्बु । जनजागृती माध्यमिक विद्यालयका दुई जना शिक्षक सम्मानित भएका छन । सम्मानित हुने शिक्षकहरुमा शम्भु कुमार कार्की र गोबिन्द प्रसाद चौंलागाई रहेका छन।

उहाँहरु दुबै जना शिक्षकहरुलाई शुक्रबार विद्यालयमा आयोजित विद्यार्थी प्रतिभा प्रदर्शन तथा बिजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदनप्रदान कार्यक्रममा प्रसंसा पत्र र नगद ५/५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।

कार्की र चौंलागाईले लामो समयदेखी जजा माविको खेलकुद तथा शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आएका थिए ।

सोलुदुधकुण्ड नगरपालिका ५ मा अवस्थित यस विद्यालयले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै आएको छ ।

शुभकामना आदनप्रदान कार्यक्रम सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका प्रतिभा प्रस्तुत गरेका थिए । यस्तै सोही दिन विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर