४६ बर्षमा पायो रामपुर मा.बि.ले स्वीकृति, विद्यालयको उद्घाटन सम्पन्न - दुधकोशी खबर

४६ बर्षमा पायो रामपुर मा.बि.ले स्वीकृति, विद्यालयको उद्घाटन सम्पन्न

  • Dudh Koshi २०८० असोज २५ बिहीबार १३:२०:३४

दिप खालिङ/प्रधान सम्पादक:दुधकोशी खबर
सोलुखुम्बु । माप्य दुधकोशी गाउपालिका वडा नम्बर ५ को कोफुमा २०३४ सालमा स्थापना भएको विद्यालयलाई आज एक कार्यक्रम सहित संघिय सांसद मानविर राईको प्रमुख आथित्यतामा गाउपालिका प्रमुख बुद्धिकिरण राई द्दोयले रामपुर मा.बि. बिदयालयको उदघाटन गर्नु भएको थियो ।


करिब ४६ बर्ष सम्म आधारभूत विद्यालयको रुपमा सन्चालन भएको थियो । यस शैक्षिक सत्र २०८०/०८१ बर्ष देखि पुर्ण रुपमा माध्यामिक बिदयालयको स्वीकृत भएको हो। गाउपालिकाले यस क्षेत्रमा भौगोलिक र जनसंख्याको हिसाबले यहाँ माध्यामिक बिद्यालय आवश्यक्ता भएकोले गाउपालिकाले छनोट गरेको र बिद्यालयको शैक्षिक गुणस्तरलाइ प्राथमिकता दिनु पर्ने गाउपालिका प्रमुख बुद्दिकिरण राईले बताउनु भयो ।


बिध्यालयको मात्र नभई समग्र जिल्लाको हरेक समस्याको समाधानका लागि आवाज संसदमा उठाइरहेको संघिय सांसद मानबिर राईले जिकिर गर्नु भयो । बिद्यालयको हरेक समस्या सुधारका लागि एकरुपता भएर अगाडि बढनु पर्ने गाउपालिका उपप्रमुख गौरब राईले बताउनु भयो।

यस बिद्यालय माध्यामिक विद्यालय नहुदा यस गाउपालिकाको नमुना आधारभूत बिध्यालय रहेको थियो । १४५ जना बिध्यार्थिहरु अध्यनरत छन भने १५ जना शिक्षक शिक्षिकाले अध्यापन गरिरहेका छ्न । पालिका अनुदान, लोरेन्स नेपाल र प्रदेश अनुदान गरि ३ जना शिक्षक अनुदानमा रहेका छ्न भने निजि क्षेत्रबाट शिक्षकहरु यस बिद्यालयमा कार्यरत रहेका छ्न ।

तपाईको बिचार

सम्बन्धित खबर