सोलुदुधकुण्ड ११ ले दियो वडावासीलाई काठमाडौं मै सेवा, वडावासीमा छायो खुशी - दुधकोशी खबर

सोलुदुधकुण्ड ११ ले दियो वडावासीलाई काठमाडौं मै सेवा, वडावासीमा छायो खुशी

  • Dudh Koshi २०८० असोज २४ बुधबार १२:४४:५१

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला वडा कार्यालयले काठमाडौबाट पनि सेवा प्रदान गरेको छ ।

नेपाली कांग्रेसको तिङ्ला काठमाडौँ सम्पर्क समितिको समन्वयमा काठमाडौँमा रहेका वडाबासीलाई सेवा दिएको वडाध्यक्ष टंक कार्कीले बताउनुभयो।
वडा कार्यालय तिङ्लाबाट प्रवाह हुने सेवालाई वर्षमा २ पटक काठमाडौँमा पनि सेवा प्रदान गर्ने लक्ष्य सहित सम्पर्क समिति र वडा कार्यालयको समन्वयमा सेवा प्रवाह गरिरहेको हो । आजसम्म १८ जनाले सेवा लिईसकेका छन ।

वडाध्यक्ष टंक बहादुर कार्की र वडा सचिब रमेश कार्की नै उपस्थित भएर पन्जिकरण  वडा कार्यालय तिङ्लाबाट प्रवाह हुने सेवाहरु काठमान्डौको कोटेश्वरमा रहेको भाटभटनी छेउबाट प्रवाह भईरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

हाल बर्ष २ पटक मात्र काठमाण्डौबाट सेवा प्रवाह गरिने भनिएपनि आवश्यक्ताका आधारमा  सेवा दिन सकिने वडा कार्यालयले जनाएको छ ।

सोलुखुम्बु पुगेर लिनुपर्ने सेवा राजधानीमै लिन पाएकोमा वडावासीले खुशी व्यक्त गरेका छन ।

तपाईको बिचार

सम्बन्धित खबर