मानव भालु द्वन्द्व व्यवस्थापनका उपायहरु -''विचार स्तम्भ'' मना राज राई - दुधकोशी खबर

मानव भालु द्वन्द्व व्यवस्थापनका उपायहरु -”विचार स्तम्भ” मना राज राई

        मना राज राई, वन अधिकृत, डिभिजन वन कार्यालय सोलुखुम्बु        

मानव र भालु द्वन्द्व व्यवस्थापनका उपायहरु
भालु आतंकलाई कसरी नियन्त्रण गर्ने ?
भालुको आक्रमणमा जिल्ला सोलुखुम्बु महाकुलुङ गाउँपालिका २ हुलुममा मिति २०८०।०५।३१ मा १ जना र महाकुलुङ गाउँपालिका १ खिरौलेमा मिति २०८०।०६।०९ मा १ जनाले ज्यान गुमाउनुभयो । विगत २०७३ साल देखि हाल सम्मका तथ्याङ्क हेर्दा सोलुखुम्बु जिल्लाका विभिन्न स्थानमा ३७ जना भालुको आक्रमणमा पर्नु भएको छ । हालसम्मको तथ्याङक अनुसार महाकुलुङ गाउँपालिका ३ छेस्काम र सोलु दुधकुण्ड नगरपालिका ३ तामाखानी र ७ भित्ताखर्कमा बढी घटनाहरु भएको देखिन्छ । यसको अलावा बाली क्षति घटनाहरु त धेरै छन् । यसर्थ गाउँ घरलाई सुरक्षित बनाउनको लागि सबै सरोकारवालहरु गम्भीर रुपले लाग्नुपर्दछ । मानव(भालुको द्वन्द्व कम गर्न यसका यथोचित उपायहरु अविलम्ब अपनाउन जरुरी छ । यहाँ मानव(भालु द्वन्द्व व्यवस्थापन विभिन्न देशमा अपनाएका उपायहरुको सार प्रस्तुत गरिएको छ ।
मानव भालु द्वन्द्वलाई विश्वका विभिन्न देशमा सफल रुपले व्यवस्थापन गरेका छन् ।गुन्थर र होस्ट्राका अध्ययन अनुसार ऐल्लो स्टोन नेशनल पार्क अमेरिकामा भालु आक्रमण न्यूनीकरणका लागि मिति १९७० देखि समुदाय लक्षित सचेतना, बस्तीमा भालुलाई उपलब्ध हुने खानाहरुको व्यवस्थापन अर्थात भालुहरुको कृत्रिम खानपानमा नियन्त्रण लगायतका कार्यक्रमहरुले सन् १९९४ सम्म ९० प्रतिशतले मानिस आक्रमणको घटना घटेको देखिएको थियो ।यस्तै मानव भालु द्वन्द्वसँग सम्बन्धित विभिन्न देशमा स्थान विशेष कार्यक्रमहरु सञ्चालित छन् ।
विषयवस्तु प्रवेश गर्नुभन्दा भालुसँग सम्बन्धित आधारभूत विषयवस्तुहरुको जानकारीहरु लिऔँ । विश्वमा करिब ८ प्रजातिका भालु पाईन्छन् ।नेपालमा ३ प्रजातिका भालुहरु पाईन्छन । तीमध्ये हिमाली क्षेत्रमा पाईने कालो भालुको घटना सबै भन्दा बढी भएका छन् । हिमालयन कालो भालु १५०० मिटर देखि ३००० मिटर उचाईमा बस्दछ । यसको उचाई लगभग हामी जत्तिकै अग्लो हुन्छ भने भाले प्रजातिको तौल करिब मानिसको दोब्बर हुन्छ ।भालुको अनौठो विशेषता के हो भने यो जाडो महिना भरी कही सुरक्षित स्थानमा सुषुप्त अवस्थामा बस्दछ भने गर्मी महिना भरी प्रजनन, बच्चा जन्माउने, शक्ति सञ्चयको लागि आहारा खोज्ने काम गर्दछ । यसको अधिकांश वासस्थान सल्ला वनहरुमा हुन्छ । यो प्रायजसो बिहान र बेलुका सक्रिय हुन्छ । यसले सर्वभक्षी जीव हो ।वर्ल्ड एनिमल फाउन्डेसनका अनुसार भालुले निश्चित अवस्थाहरु उसलाई असुरक्षित महसुस भएको अवस्थामा, खाना खाएको अवस्थामा, सानो बच्चा भएको अवस्थामा बाहेक अन्य अवस्थामा आक्रमणको सम्भावना अन्यन्त न्यून ९२१ लाखमा १ घट्ना० हुने देखाएका छन् ।भालुलाई असुरक्षित महसुस हुँदा उभिएर हेर्ने गर्दछ र नाकबाट आवाज निकाली आक्रमण गर्ने गर्दछ यसको आक्रमण गर्ने भाग प्राय अनुहारमा हुन्छ । जस्तो बाघको आक्रमण गर्ने भाग जीवको घाँटी हो। त्यसो भालुको आक्रमणबाट कसरी बच्न सकिन्छ रु केही उपायहरु यहाँ उल्लेख गरिएको छ । मानव भालुको द्वन्द्व व्यवस्थापनलाई मोटामोटो दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा समुदाय लक्षित अर्थात मानव केन्द्रित कार्यक्रम र दोश्रो वन्यजन्तु लक्षित कार्यक्रम । यसलाई अलि विस्तृतमा व्याख्या गरौँ ।
क. समुदाय लक्षित कार्यक्रमहरु
१. सचेतनामूलक कार्यक्रम
यसमा भालु प्रभावित क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, सावधानीमूलक बोर्डहरु राख्ने र व्यक्तिगत सावधानीका उपायहरु, आत्मरक्षाका उपायहरु सिकाउन सकिन्छ । व्यक्तिगत सावधानीहरुमा घना जंगलमा समूहमा यात्रा गर्ने, आवाज निकालेर हिड्ने, हेडफोनहरु प्रयोग नगर्ने, आफ्नो घर बस्ती गाउँ वरिपरि सबै मिलेर झाडी सफाई गर्ने, सँधै प्रयोग गर्ने बाटो वरिपरि करिब ५० मिटर झाडी सफाई गर्ने, भालु देखेमा नजिक नजाने, बीयर स्प्रेहरु बोक्ने, पिकनिक जाँदा खानेकुराहरु नफाल्ने र सफा गर्ने आदि उपायहरु हुन सक्दछन् ।
२ .गाउँ बस्ती सुरक्षा संरक्षण निर्माण
यसमा बढी जोखिम भएका गाउँ बस्तीमा भालु आउन नदिनको लागि ईलेक्ट्रिक फेन्सिङ, ठाउँ ठाउँमा आरसिसि पर्खाल, गेबियन जालीको तारबार आदि संरचनाहरु निर्माण गर्न सकिन्छ ।
३. पूर्व सूचना प्रणाली
कुनै स्थानमा भालु देखा पर्दा सो को जानकारी सम्बन्धित बस्तीहरु दिने स्थानीय प्रणालीहरु विकास गर्दा सम्भावित घटनाहरु घटाउन सकिन्छ ।
४.राहत वितरण
वन्यजन्तुबाट हुने क्षतिको राहत रकम वितरण सम्बन्धमा नेपाल सरकारबाट ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएको छ । घटना घटेको ३५ दिन भित्र तोकिएको कागजात र प्रमाणहरु सहित सम्बन्धित कार्यालय डिभिजन वन कार्यालयरराष्ट्रिय निकुञ्जको कार्यालयमा निवेदन पेश गर्नुपर्ने व्यवस्था छ।
५.कानून व्यवस्था र कार्यान्वयन
स्थानीय स्तरको प्रकोपको जोखिम नक्साङ्कन तथा कार्यायोजनाको निर्माण तथा कार्यान्वयन सम्बन्धमा नेपालको संविधानले स्थानीय तहको एकल अधिकार सूचीमा राखेको छ ।त्यस्तै प्रकोप प्रभाव क्षेत्र धेरै हुन सक्ने हुनाले यसलाई संघ प्रदेश र स्थानीय तह गरी तीनै तहको साझा अधिकार सूचीमा पनि राखेको छ । यसर्थ स्थानीय समुदायको प्रकोपको स्थिति, प्रभाव स्थानीय सरकारले नक्साङ्कन गर्दा बढी प्रभावकारी हुने देखिन्छ । यद्यपि यसको कार्ययोजना निर्माण र कार्यान्वयनमा सबै सरोकारवालाहरुले हातेमालो गर्नु प्रभावकारी हुन्छ ।
क. वन्यजन्तु लक्षित कार्यक्रमहरु
१. वासस्थान व्यवस्थापन
भालुको वासस्थान बस्न उपयुक्त छ छैन पर्याप्त छ छैन आहारा पर्याप्त छ छैन यसको विस्तृत अनुसन्धान हुन आवश्यक छ । यद्यपि अहिले जंगलको नजिकमा बस्ती र मकैबाली गहुँबालीहरु हुने हुँदा सजिलो आहाराको रुपमा गाउँबस्ती छिर्दा घटनाहरु घटेका छन् । यस हिसाबले जंगलमा भालुको लागि पर्याप्त आहारा नहुने तथा मानव बस्ती आउँदा मानवसँग नडराउने र बानी परेको देखिन्छ । माउसँग आउने भालुको बच्चाले समेत सोही बानी निर्माण गर्दछ । यसर्थ भालुको लागि छुट्टै मानव बस्ती देखि अलग र मानवसँग अन्तर्क्रिया नहुने हिसाबले बासस्थान व्यवस्थापन गर्नुपर्दछ ।
२.भालुलाई तर्साउने तरिकाहरु
भालुलाई तर्साउन र भगाउनको लागि हाल पड्काउने बन्दुकहरु वितरण भएका छन् ।यद्यपि यो दीगो समाधानको उपाय भने होईन ।
३. स्थानान्तरण
भालुको जनसंख्या अत्यधिक भएमा वा समस्याग्रस्त भएमा यसलाई स्थानान्तरण गर्न सकिन्छ । स्थानान्तरणको उपायलाई प्राय सिफारिस गरिदैन । स्थानान्तरण गर्नु भन्दा अघि लैजान खोजिएको बासस्थानको उपयुक्तताको अध्ययन गर्नुपर्छ । त्यसपछि यसलाई लट्याएर अर्थात डार्टिङ गरेर लानुपर्दछ । यस्तो प्रकारको जनशक्ति नेपालमा थोरै छन् । यो खर्चिलो तरिका पनि हो ।
४.जनसंख्या नियन्त्रण
भालुको जनसंख्या नियन्त्रण एक उपाय हो । यसको लागि भालुको हालको जनसंख्या यकिन गर्नुपर्दछ । यस अनुसार वासस्थानको बहन गर्ने क्षमता यकिन गर्नुपर्दछ । जनसंख्या अधिक भएको अवस्थामा शिकार अनुज्ञापत्र लिएर शिकार गर्न सकिने कानूनी प्रावधानहरु पनि छन् ।

५.समस्याग्रस्त भालुलाई नियन्त्रण
समस्याग्रस्त भालुलाई पहिचान गरी नियन्त्रणमा लिन सकिन्छ यसका लागि कानूनी व्यवस्थाहरु छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ ९क० मा व्यवस्था गरिएको छ ।

अन्तमा संस्कृतमा एउटा श्लोक छ । प्रकृतिस् रक्षति रक्षिता अर्थात प्रकृतिबाट सुरक्षा पाउनको लागि उसको पनि सुरक्षा गर्नुपर्दछ ।मानव भालु द्वन्द्वको व्यवस्थापन भने भालु अथवा वन्यजन्तु विहिन वन जंगल होईन । सबैभन्दा दीगो उपाय भनेको मानव र वन्यजन्तुको सहअस्तित्व नै हो । पृथ्वीमा वन्यजन्तु बिना मानव जाति मात्र पनि बस्न सक्दैन । सबै एक अर्कामा माकुराको जालो जसरी धागोमा उनिएर रहेका छौँ । मानव भालुको सहअस्तित्व करिब ५३०० वर्ष अगाडि देखि रहेको अभिलेख प्रमाणहरु छन् । स्थान विशेष विभिन्न कार्यक्रमहरु एकीकृत रुपमा गर्नुपर्दछ । यसको लागि सबै सरोकारवालाहरु स्थानीय समुदाय, स्थानीय निकाय, सरकारी कार्यालयहरु, गैह्रसरकारी संस्थाहरु, राजनैतिक दलहरु मिलेर कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ । यसका लागि स्थानीय सरकार लगायत सरोकारवालाहरुले आवश्यक बजेट विनियोजन र कार्यक्रम कार्यान्वयन गर्नुपर्दछ । यसबाट मानव भालु द्वन्द्वका घटनाहरु सहजै व्यवस्थापन गर्न सकिन्छ ।

तपाईको बिचार

सम्बन्धित खबर