सोेलुखुम्बुु । थुलुङ दुधकोशी गाउँपालिका ६ का यमुनाप्रसाद काफ्लेले गोल्ड अवार्ड प्राप्त गरेका छन् । उनले यही असोज ३ गते थाइल्याण्डमा आयोजित वल्ड मिड थड अन्तराष्ट्रिय गोल्ड अवार्ड र वल्ड कराँते च्याम्पियनसिपबाट अवार्ड जितेका हुन् ।
४७ वर्षीय काफ्ले नेपाल सिन्दो काई—कान कराते संघका महासचिव तथा नेपाल चिफ जगतबहादुर धामीको नेतृत्वमा थाइल्याण्ड गएका थिए । उनिसहित नेपालका जगतबहादुर धामी, सबिन खड्का, बिरबहादुर कडायत समेतले अवार्ड प्राप्त गरे ।
यस प्रतियोगितामा नेपालसहित ३२ टिमले सहभागिता जनाएका थिए । डिभिजन वन कार्यालय सोलुखुम्बुमा कार्यरत काफ्ले यसअघि जुडो खेलबाट ८ औँ राष्ट्रिय खेलमा कास्यपदक विजेता भइसकेका छन् ।
तपाईको बिचार