हेमन राई/सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेम्सी स्थित देनाम आधारभुत विद्यालयलाई बिगत ६ बर्ष देखि हिमालयन ड्रिम्स फाउन्डेसन नेपालका डाइरेक्टर पासाङ रिन्जी शेर्पा र स्विट्जरल्यान्डका जेनिन् मेलर्डको पहल तथा आर्थिक सहयोगमा विभिन्न सहयोग गर्दै आउनुभएको विद्यालयका शिक्षक विवशमान कुलुङले बताउनुहुन्छ ।
देनाम आधारभूत विद्यालय भौगोलिक हिसाबले कुनामा परेको अनुसार नै स्थानीय सरकारको नजरबाट पनि टाढै रहेकोले विद्यालयको भौतिक तथा शैक्षिक स्तरमा गुणस्तरका लागि हिमालयन ड्रिम्स फाउन्डेसनका डाइरेक्टर तथा समाजसेवी पासाङ रिन्जी शेर्पाको पहलमा कम्प्युटर ल्याब, पुस्तकालय, स्टाफ कार्यालय र २ कोठे विद्यार्थी बस्ने कोठा गरेर जम्मा ५ कोठे भवन , छात्रा/ छात्र दुई कोठे शौचालय, १२ थान कम्प्युटर, गणित र कम्प्युटर विषयको लागि २ जना शिक्षकको तलब, विद्यालय खेल मैदान, विद्यालय घेराबार, प्रत्येक बर्ष विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामाग्री, विद्यार्थीको लागि विद्यालय पोषाक, सरसफाइको लागि आवश्यक सामग्रीहरू विद्यालयलाई सहयोग गर्दै आउनु भएको छ ।
पहिला छाप्रो भित्र विद्यार्थीलाई पढाएको र अहिलेको विद्यालय तुलना गरेर हेर्दा सपना झैं लाग्ने शिक्षक कुलुङले बताउनुहुन्छ ।
शिक्षक विवशमान कुलुङका अनुसार अहिले देनाम आधारभूत विद्यालय महाकुलुङ गाउँपालिकाको नमुना विद्यालय भित्र पर्दछ ।
रिन्जी शेर्पाले विद्यालयमा मात्र नभई महाकुलुङ गाउँ पालिका वडा नम्बर ३ छेम्सी गाउँमा विश्व महामारी कोरोना भाइरसको कारण लक डाउनको भेला एकल महिला, जेष्ठ नागरिक र विपन्न परिवारलाई खाद्यन्न राहत दिनुभएको छ ।
स्थानीय देवी कुमारी कुलुङका अनुसार वडा नम्बर ३ छेम्सीका विपन्न २ परिवारलाई घर बनाईदिनुभयो।
देनाम आधारभूत विद्यालय लगायत १६६ घरधुरीलाई एक घर १ धारा दिनुभयो । महाकुलुङ गाउँपालिका भरि स्वास्थ्य सिविर सन्चालन र अशिक्षित महिलाहरुका लागि प्रौढ शिक्षा पनि सन्चालन गर्नु भएको छ र प्रौढ शिक्षा हाल सन्चालन भइरहेको छ ।
डाइरेक्टर पासाङ रिन्जी शेर्पा भन्नुहुन्छ देनाम आधारभूत विद्यालय र महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेम्सि गाउँको विकासका निम्ति म लगायत मेरो सम्पूर्ण टिम हरदम लागिरहने छौं र आउँदो दिनहरुमा पनि विभिन्न राम्रा राम्रा कार्यक्रम सञ्चालन गर्ने छौं ।
तपाईको बिचार