हिमाल दर्शन माविले भवन उद्घाटनसँगै विद्यार्थी सहायता कोष स्थापना गर्ने - दुधकोशी खबर

हिमाल दर्शन माविले भवन उद्घाटनसँगै विद्यार्थी सहायता कोष स्थापना गर्ने

  • Dudh Koshi २०८० असोज १० बुधबार १२:५३:१९

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. ३ स्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयमा विद्यार्थी सहायता कोष स्थापना गरिने भएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहायताका लागि ‘हिमाल दर्शन विद्यार्थी सहायता कोष’ स्थापना गर्न लागिएको हो ।
विद्यालयको नयाँ प्रशासनिक भवन उद्घाटनका दिन असोज १४ गते आइतबार त्यसको औपचारिक घोषणा गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज जम्मरकट्टेलले जानकारी दिए ।

‘जन्मदिनमा मेरो लगानी, कल्याणकारी कार्यको थालनी’ भन्ने नारासहित सुरु गरिने यो कोष सञ्चालनका लागि ९ सदस्यीय सञ्चालक समिति गठन गर्ने तयारी छ।तीन बर्षे कार्यकाल रहने कोष सञ्चालक समितिमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नै अध्यक्ष हुने ब्यबस्था गरिएको छ।सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी गठन भएको कोष सञ्चालक समितिको बैठकले गर्ने निर्णयका आधारमा कोष सञ्चालन गर्ने गरी एक कार्यबिधी तयार गरिएको उनले बताए।

हिमाल दर्शन माबिको ब्यबस्थापन समिति अध्यक्ष अहिले ओमप्रसाद बास्तोला र प्रधानाध्यापक अशोककुमार शर्मा रहेका छन्।

कोषमा संकलित रकम आर्थिक स्थिति कमजोर भएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको गम्भीर प्रकृतिको रोगको उपचार तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नयनमा खर्च गर्ने उद्देश्य रहेको जमकट्टेलले बताए ।

कोषका लागि विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्व विद्यार्थी, पूर्व शिक्षक अक्षयकोषदाता, चन्दादाता, जग्गादाता, शिक्षक र सरोकारवालाहरुले आफ्नो जन्मदिनमा स्वेच्छिक रकम संकलन गरिने छ । विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीले आफ्नो जन्मदिनमा १००, विद्यालयमा ४ कक्षा देखि १२ सम्म अध्ययन गरी अन्य विद्यालयमा स्थानान्तरण हुँदा दिइने चारित्रिक प्रमाणपत्र वापत १००, अन्य विद्यालयबाट कक्षा ६ देखि ११ सम्म अध्ययन गर्न आउने प्रति विद्यार्थी १०० रुपैयाँ कोषका लागि संकलन गर्ने लक्ष्य लिईएको छ ।

त्यसैगरी,विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी तथा चन्दादाता, जग्गादाता, अक्षयकोष दाता, पूर्व शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय तह र संघ र प्रदेशका जनप्रतिनिधिबाट जन्मदिनका अवसरमा स्वेच्छिक कम्तिमा ३६५ रुपैयाँ नघट्ने गरी तथा विद्यालयमा सेवा प्रवेश गर्ने शिक्षक वा कर्मचारीबाट स्वेच्छिक ३ हजार रुपैयाँ कोषमा जम्मा गर्न प्ररित गर्ने गरी कार्यविधि निर्माण भएको उनको भनाई छ ।

तपाईको बिचार

सम्बन्धित खबर