लौरेश्वर दलित युवा समाजद्धारा तिङ्ला राम्पादेखि रमिते बजारसम्म सडक सरसफाइ - दुधकोशी खबर

लौरेश्वर दलित युवा समाजद्धारा तिङ्ला राम्पादेखि रमिते बजारसम्म सडक सरसफाइ

  • Dudh Koshi २०८० असोज १० बुधबार १२:३४:२८

सोलुखुम्बु । सोेलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा लौरेश्वर दलित युवा समाजले सडक सरसफाइ गरेको छ । आउँदै गरेको विजय दशमी तथा सुभदिपावलीको अवसर पारी राम्पा दलित बस्तीदेखि रमिते बजारसम्म सडकका खाल्डाखुल्डी पुर्ने, फोहोर टिप्ने, दायाँबाँयाका रुख कटान गरिएको नगरकार्यपालिका सदस्य तथा समाजका अध्यक्ष निरकुमार नेपालीले जानकारी दिनुभयो ।
सडक सरसफाईमा तल्लो सोलु ८२ हाइड्रोपावरले जेसिबी, ट्रिफर लगायतका सामाग्री सहयोग गरेको थियो । लौरेश्वर दलित युवा समाजले विगतदेखि नै दलितका आवाज उठाउनुका साथै सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ ।
उक्त सरसफाई कार्यमा वडा कार्यालयले समेत समन्वय गरेको थियो । सरसफाईमा लौरेश्वर दलित युवा समाजका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेकोे थियो ।

तपाईको बिचार

सम्बन्धित खबर