सोताङको विरेन्द्रज्योति र हुलु माविमा नेविसंघ इकाई समिती गठन - दुधकोशी खबर

सोताङको विरेन्द्रज्योति र हुलु माविमा नेविसंघ इकाई समिती गठन

  • Dudh Koshi २०८० असोज १० बुधबार ११:५०:४७

सोलुखुम्बु । विरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङमा नेपाल विद्यार्थी संघ इकाई समिती गठन गरिएको छ । आज बिजय विश्वकर्माको अध्यक्षतामा १ सय ५५ सदस्यीय नेपाल विद्यार्थी संघ विरेन्द्रज्योति माध्यमिक विद्यालय इकाई समिती गठन गरिएको हो ।
यस्तै आजै सोताङ गाउँपालिका १ मा रहेको हलु माध्यमिक विद्यालयमा पनि विवेक कार्कीको अध्यक्षतामा २१ सदस्यीय इकाई समिती गठन गरिएको छ । नेविसंघ विरेन्द्रज्योति मावि इकाई अध्यक्ष विजय विश्वकर्माले सबै विद्यार्थीहरुलाई नेविसंघमा आवद्ध हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस सोताङ गाउँपालिका सभापति कृष्ण कार्की, सचिव जिवन कोइराला, नेपाल विद्यार्थी संघ सोलुखुम्बु जिल्ला सचिव मोहनकृष्ण निरौला र विभुषण राई, सोताङ पब्लिक क्याम्पस स्ववीयू अध्यक्ष प्रमोद राई, नेविसंघ जिल्ला कार्यसमिती सदस्य निशानजंग बस्नेतको उपस्थिती रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर