तामाङ घेदुङ थुलुङ दुधकोशीको अध्यक्षमा आसमान तामाङ चयन - दुधकोशी खबर

तामाङ घेदुङ थुलुङ दुधकोशीको अध्यक्षमा आसमान तामाङ चयन

  • Dudh Koshi २०८० असोज ७ आइतबार १२:५२:३२

सोलुखुम्बु । नेपाल तामाङ घेदुङ थुलुङ दुधकोशी गाउँपालिका समितिको अध्यक्षमा आसमान तामााङ निर्वाचित हुनुभएको छ । शनिबार थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा सम्पन्न एक कार्यक्रमबाट अध्यक्षमा तामाङ सहित ११ जनाको कार्यसमिति चयन गरेको आयोजकले जनाएको छ।

संघको उपाध्यक्षमा सन्तबीर तामाङ, महिला उपाअध्यक्षमा जिदुमाया तामाङ, सचिवमा भलाकाजी तामाङ र कोषाअध्यक्षमा कविता तामाङ निर्विरोध निर्वाचित हुनुभएको जिल्ला सचिव बिजय तामाङले जानकारी दिनुभयो ।

तामाङ जातिको पहिचान, धर्म, संस्कार र संस्कृती संरक्षणमा उक्त संस्थाले विशेष काम गर्ने नवनिर्वाचित अध्यक्ष आसमान तामाङले बताउँनुभयो।
नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सारदा माया तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सोलुखुम्बु जिल्ला अध्यक्ष धर्म बहादुर तामाङ, बरिष्ठ उपाअध्यक्ष कुसाङ तामाङ, सचिव बिजय तामाङ र कोषाध्यक्ष नेमी तामाङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर