भिभो फोटो प्रतिस्पर्धामा सोलुको निङ्मा शेर्पा र धनकुटाकी शिलु कार्की विजयी - दुधकोशी खबर

भिभो फोटो प्रतिस्पर्धामा सोलुको निङ्मा शेर्पा र धनकुटाकी शिलु कार्की विजयी

  • Dudh Koshi २०८० असोज ५ शुक्रबार १४:४८:५८

सोलुखुम्बु । मोबाइल ब्रान्ड ‘भिभो’ ले पूर्वका कर्मचारीहरूमा गरेको फोटो प्रतिस्पर्धामा दुईजना विजयी भएका छन् ।

मुख्य पर्वहरु नजिकिएसँगै भाइचारा अभिवृद्धि गराउने उद्देश्यले मेलमिलाप पूर्ण प्रतिस्पर्धा गराएको भिभोले प्रतिस्पर्धीको फोटो लाइक र शेयरका आधारमा विजेता घोषणा गरेको हो ।

भिभो मोबाइलका पूर्वी क्षेत्रका सेल्स म्यानेजर निमेष घिमिरेका अनुसार विजयी हुनेमा निङ्मा शेर्पा र शिलु कार्की छन् ।

शेर्पाको पोष्टमा ४९४ सेयर र ३८७ लाइक सहित १३७४ प्वाइन्ट प्राप्त भएको जनाइएको छ । उनको पोष्ट ५३ हजार ६४९ जनाले हेरेका छन् ।

अर्की विजयी धनकुटाकि  कार्कीको पोष्ट १६७ सेयर भएको छ भने ९५५ लाइक आएको छ । उनले १२८९ प्वाइन्ट पाएकी छन् । उनको पोष्ट ५० हजार २७० जनाले हेरेका छन् ।

गत आइतबार सुरु यो प्रतियोगिता शुक्रवार बेलुका सकिएको घिमिरेले बताए ।

‘नियमअनुसार लाइक वा रियाक्टलाई एक प्वाइन्ट र शेयरलाई दुई प्वाइन्ट अनुसार अङ्क गणना गरिएको हो ।

केही सहभागीहरूको फोटोमा लाइक गर्नेले पेज लाइक नगरेको, फोटोमा फेक लाइक प्रयोग गरेको पाइएको थियो ।

प्रतिस्पर्धामा सुस्मिता मोक्तान, कोपिला बस्नेत, सबिना मगर, रोहन शर्मा, सबिना सिम्खडा, रञ्जितकुमार शाह लगायतको सहभागिता थियो ।

तपाईको बिचार

सम्बन्धित खबर