रिडले सम्पन्न गर्यो माप्यदुधकोशीमा सामाजिक समावेशीकरण तालिम - दुधकोशी खबर

रिडले सम्पन्न गर्यो माप्यदुधकोशीमा सामाजिक समावेशीकरण तालिम

  • Dudh Koshi २०८० असोज ५ शुक्रबार १४:१३:५८

सोलुखुम्बु । रीड नेपालको आयोजना,अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा विद्यालयमा गठित बालक्लबलाई बाल अधिकार संरक्षण ,लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

तालिममा २८ जना बालक्लबका पदाधिकारी तथा १२ जना जेन्डर फोकल शिक्षकको उपस्थिति रहेको शिक्षा विकास अधिकृत विष्णु प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।
तालिममा बाल अधिकार र संरक्षण बाल क्लबको काम कर्तव्य र अधिकार, बालक्लब परिचालन,लैंगिक समानता तथा सामाजिक समावेशीकरण बाल दुर्व्यवहार न्यूनीकरणमा बाल क्लबको भूमिका, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्गताका प्रकार तथा बालक्लबको वार्षिक कार्ययोजना निर्माण लगायतका विषय वस्तु समावेस गरिएको आयोजकले जनाएको छ।

यही प्रकृतिको तालिम ७ वटै स्थानीय तहमा गर्ने योजना रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर