सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ५ स्थित जुबुको सुकेपोखरीमा महिला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ´´ भन्ने मुल नाराका साथ विजय दशमी तथा सुभदिपावली २०८० को पावन अवसरमा नेकपा एमाले सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका पार्टी कमिटीद्वारा कार्तिक २ गतेदेखी ४ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ।
समान राशीको वडा स्तरीय भलिबल प्रतियोगितामा महिला, पुरुष दुवैतर्फ प्रथम, द्वितीय, तृतीय हुने टिमलाई क्रमश : ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिनेछ ।
साथै महिला पुरुष दुबैतर्फ उत्कृष्ट एक/एक जनालाई नगद २५ सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।
कालिका माध्यमिक विद्यालयको प्रांगणमा हुने खेलमा संघिय सांसद मानविर राईको विशेष उपस्थिती रहनेछ ।
तपाईको बिचार