सोलुखुम्बु जिल्लामा संचालित हिमाल एफ. एम. नामक फेसबुक पेजबाट प्रशारण भएको सो सम्वन्धको भिडियो रिपोर्टप्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको हो ।
समाचारमा तीजका लागि भोज भतेर आयोजना गरि लाखौँ रुपैयाँ खर्च गरिएको भन्ने गलत सन्देश सम्प्रेषण गरिएको भन्दै नगरपालिकाको कार्यालयले विज्ञप्ती जारी गरि संचार माध्यममा आएको समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो । विज्ञप्तीमा भनिएको छ, ‘नगरपाकिलाले कला संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले खुला नृत्य प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएकोमा ४ जना विजेताहरुलाई पुरस्कार तथा कार्यक्रममा सहभागी महिलाहरुका लागि चिया खाजा गरि ६२ हजार रुपैयाँ, जिल्ला कारागार सोलुखुम्बुमा रहेका महिला कैदी बन्दीहरुका लागि ४० हजार रुपैयाँ बराबरको टेलिभिजन हस्तान्तरण गरि एक मुष्ट एक लाख २ हजार रुपैयाँ खर्च भएको छ ।’
प्रमुख प्रशासकीय अधिकृत कोपिला राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा सोलुदुधकुण्ड नगरपालिका पारदर्शीता र जवाफदेहितामा प्रतिवद्ध रहेको उल्लेख छ ।
तपाईको बिचार