सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका १५ (कक्षा १-८) विद्यालयको औसत सिकाइ उपलब्धी ८.३५ ले वृद्धि भएको छ I
रीड नेपालको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क विश्लेषणमा उक्त कुरा उल्लेख गरिएको छ । शैक्षिक सत्र २०७८ मा ५५.०२ प्रतिसत औसत सिकाइ उपलब्धी थियो, भने शैक्षिक सत्र २०७९ मा ८.३५ ले वृद्धि भई औसत सिकाइ उपलब्धी ६३.३५ पुगेको हो ।
रीड नेपालले थुलुङ दुधकोशीमा जीवन ज्योति मा.वि. नेले, जीवन ज्योति मा वि कांगेल, कांगेल आ. वि कांगेल, ठकुमाला आ. वि कांगेल, नेले आ.वि जोग्रा, कालिकादेवी मा.वि पंचन, वीरेन्द्रोदय मा वि मुक्ली, सरस्वती आ वि मुक्ली, मुक्ली आ.वि बर्खुघाट, त्रिभुवन आ.वि मैदेल, हिमालय मा.वि जुबु, जनकल्याण मा.वि जुबु, जनसेवा मा.वि लोखिम जनता मा.वि लोखिम, देउसा मा.वि देउसामा काम गरिरहेको छ ।
कार्यक्रममा रीड नेपालले वर्ष भरी काम गरेको शैक्षिक गतिविधिहरु प्रस्तुत गरिएको थियो I जसमा १३८ जना शिक्षक ३२३ अभिभावक, आमा समूह ५१, बाल क्लब १५६ र वि.व्य स शि.अ संघ ४२ र प्र.अ ३८ जनालाई तालिम प्रदान गरिएको जनाएको छ I

उक्त समीक्षा गोष्ठीमा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले सिकाइ उपलब्धी वृद्धि भएकोमा खुसी व्यक्त गर्दै विद्यालयलाई बधाई र रीड नेपाललाई धन्यवाद दिदै विद्यालयलाई थप मिहिनेत गरेर यो वर्षको सिकाइ उपलब्धीलाई पनि बढाउन आग्रह गर्नु भयो I गत वर्ष पालिकाले रीड नेपालसंग सहकार्य गरेर महत्त्वपूर्ण क्रियाकलाप संचालन गरेको स्मरण गराउदै, यो वर्ष पनि सहकार्य गरेर अगाडी बढ्ने र शैक्षिक गुणस्तर वृद्धिका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे I
शिक्षा क्षेत्र आफ्नो उच्च प्राथमिकता रहेको बताउदै आ-आफ्नो जिम्मेवारीको बहन गर्दै सरोकारवालालाई कर्तव्यनिष्ट भएर शैक्षिक गुणस्तर वृद्धिमा एकजुट हुन निर्देशन दिए I
कार्यक्रममा उपाध्यक्ष सबिता राई , सामाजिक विकास समिति संयोजक बुद्धिराज राई, शिक्षा शाखा प्रमुख गणेश गुरुधामी, रीड नेपालका शिक्षा विकास अधिकृत अभिषेक विक्रम शाह कार्यालयका शाखा प्रमुखहरु, विभिन्न विद्यालयका प्र.अ तथा शिक्षकहरुको उपस्थिति रहेको थियो, भने समीक्षा गोष्ठीको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गरेका थिए I
रीड नेपालले शिक्षक तालिम, अभिभावक अभिमुखीकरण, सामग्री वितरण, छात्रवृति वितरण, बालक्लब परिचालनलाई यो वर्ष पनि निरन्तरता दिने जनाएको छ I
तपाईको बिचार