भोलि बाल दिवश : सल्लेरीमा वक्तृत्वकला र निबन्ध लेखन प्रतियोगिता हुँदै - दुधकोशी खबर

भोलि बाल दिवश : सल्लेरीमा वक्तृत्वकला र निबन्ध लेखन प्रतियोगिता हुँदै

  • Dudh Koshi २०८० भाद्र २८ बिहीबार १६:५०:३३

सोलुखुम्बु । राष्ट्रिय बालदिवसको अवसर पारि सोलुखुम्बुमा आधारभुत तह निबन्ध लेखन र माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सोलुदुधकुण्ड नगरपालिका र रिड नेपालको संयुक्त आयोजनामा भदौ २९ गते भोलि जनजागृती आधारभुत विद्यालय सल्लेरीमा हुने भएको हो ।
लैंगिक मैत्री विद्यालय निर्माणमा बालक्लवको भुमिका शिर्षकमा बक्तृत्वकला प्रतियोगिता हुनेछ भने समावेशी शिक्षा आजको आवश्यक्ता शिर्षकमा निबन्ध लेखन प्रतियोगिता हुने रिड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशवदेव गिरिले जानकारी दिनुभयो ।
प्रतियोगिताको पुरस्कार  दुवैतर्फ क्रमश : प्रथम, द्वितीय र तृतीय हुनेलाई रु.८०००, रु.६००० र ४००० रहेको छ । यस्तै सान्त्वना हुनलाई रु.३००० प्रदान गरिने छ।
साथै मेयरसँग बालबालिका कार्यक्रम अन्तरगत मेयर र बालबालिकाबिच बालबालिकाको समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम रहेको छ । सोही दिन जनजागृती माध्यमिक विद्यालयबाट सुरु भई रेडक्रस भवनसम्म र पुन: जनजागृती माध्यमिक विद्यालयसम्म प्रभात फेरि कार्यक्रम हुने आयोजकले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर