नगरवासीको जिबनस्तर सुधार्न सोलुदुधकुण्डमा वित्तीय साक्षरता कार्यक्रम - दुधकोशी खबर

नगरवासीको जिबनस्तर सुधार्न सोलुदुधकुण्डमा वित्तीय साक्षरता कार्यक्रम

  • Dudh Koshi २०८० भाद्र २८ बिहीबार १६:२०:१९

सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ। मेयर  नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाका ११ वटै वडाहरुमा सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

वित्तिय कर्मचारी मञ्च र सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बीमा,बैकं तथा वित्तिय सेवा, पुजीँ बजार, डिजिटल बैंकिङ र कर सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिने भए नगर प्रमुख शेर्पाले जानकारी दिए।

उहाँका अनुसार आयमूलक क्षेत्रमा साधन र स्रोतको सहि सदुपयोग गरी नगरबासीले जीवनस्तर सुधार गर्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर