महाकुलुङमा सुर्य कुलुङको अध्यक्षतामा कृषि प्रवर्द्धन समिती गठन - दुधकोशी खबर

महाकुलुङमा सुर्य कुलुङको अध्यक्षतामा कृषि प्रवर्द्धन समिती गठन

  • Dudh Koshi २०८० भाद्र २८ बिहीबार १६:०३:१२

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकामा कृषि व्यवसाय प्रर्वद्धन समिति गठन गरिएको छ । गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा ९ सदस्यीय  समिति गठन गरिएको हो।

विहीबार सम्पन्न बैठकले सदस्य सचिवमा कृषि अधिकृत ओस्ना कुलुङ, सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, कृषि विज्ञ नरेन्द्र बहादुर राई, वडाअध्यक्ष महलसिंह कुलुङ, कृषि व्यवसायी तथा जनप्रतिनिधि देव नारायण कुलुङ, कार्यपालिका सदस्य सीतामाया वि.क. र नीर कुमारी कुलुङ, कृषक जुठे बहादुर कुलुङलाई चयन गरिएको छ ।

कृषकलाई टनेला वितरण, कृषि कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गर्ने, किवि बगैँचा निर्माण गर्ने लगायतका निर्णय गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर