सुम्निमा खालिङ राई सांस्कृतिक समूहद्वारा खालिङ पूर्खाहरुलाई सम्मान कार्यक्रम सम्पन्न  - दुधकोशी खबर

 सुम्निमा खालिङ राई सांस्कृतिक समूहद्वारा खालिङ पूर्खाहरुलाई सम्मान कार्यक्रम सम्पन्न 

दिप खालिङ/सम्पादक

माप्यदुधकोशी गाउँपालिका खास्तावमा सुम्निमा खालिङ राई सांस्कृतिक समूह र विदेश विभागको आर्थिक सहयोगमा हिजो एक कार्यक्रम सहित खालिङ समुदायका पूर्खाहरुलाई सम्मान गरि वास(भुमे) सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

विदेश विभागको दुई लाख बराबरी आर्थिक सहयोगमा खालिङ राईहरुको समुदायमा रितीरिवाज अनुसार कुलपृत्रि पुजाआजा गर्ने पूर्खाहरु (बालनोक्छो, वास नोक्छा) झेत मई(नराम्रो मरणको धामी) र अन्य पूर्खाहरुलाई सम्मान पत्रले सम्मान गर्दै वास(भुमे)को लागि ५ वटा झ्याम्टा र पगरी(खेत्दान) समेत प्रदान गरेको समुहको अध्यक्ष जाङबु पारुहाङ राईले जानकारी दिनु भयो ।

सम्मान कार्यक्रममा सम्मान हुने पूर्खाहरु (अ्याचिरी अयारी पखतम्स) जगु मान खालिङ(गोरिसे), प्रश्न कुमार खालिङ(छमसे), जस बहादुर खालिङ(मैनबर), भक्त बिर खालिङ, भल काजी खालिङ(मजमे), र गन्ज बहादुर खालिङ(छतिसे), नौराज राई खालिङ(रमसे), तिर्थमान खालिङ(माङचु), र लाल बहादुर खालिङ(ए), लाल बहादुर खालिङ(वि), तिलक खालिङ, नीर कुमार खालिङ, टिकमान खालिङ(निरमे), ब्वाल नोक्छो (खव) गोविन्द राई, (मासिमी) कृष्ण बहादुर खालिङ(निजमे), चन्द्र बहादुर खालिङ(उरमे) सम्मानित हुनु भएको हो ।

विगत २०७७ साल देखि सुम्निमा खालिङ राई सांस्कृतिक समूहले विविध कार्य गर्दै आएको र खालिङ समुदायको पूर्खाहरुलाई यो सम्मान कार्यक्रम गाउँपालिका भरिको नै पहिलो कार्यक्रम भएको अध्यक्ष राईको जिकिर रहेको थियो।

तपाईको बिचार

सम्बन्धित खबर