सोलुखुम्बु बहुमुखी क्याम्पस -पाँचौ प्रोजेक्ट मिटमा भलिबल र सट पट आयोजना गर्दै - दुधकोशी खबर

सोलुखुम्बु बहुमुखी क्याम्पस -पाँचौ प्रोजेक्ट मिटमा भलिबल र सट पट आयोजना गर्दै

  • Dudh Koshi २०८० भाद्र २३ शनिवार ०५:४२:२७

सोलुखुम्बु बहुमुखी क्याम्पसका बिएड तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुले प्रोजेक्ट मिट गर्ने भएका छन। विद्यार्थीहरुले मुल विषय स्वास्थ्य तथा शारीरिक शिक्षा (४३४) को पाँचौ प्रोजेक्ट मिट गर्ने कार्यक्रमका सचिव समीर दाहालले जानकारी दिनुभयो ।
प्रोजेक्ट मिट अन्तरगत महिला पुरुष दुबैतर्फ भलिबल र सट पट आयोजना गरिएको छ । प्रतियोगिता बहुमुखी क्याम्पसको प्रागंणमा हुने दाहालले बताउनुभयो ।
भलिबल र सट पट प्रतियोगितामा सहभागी हुन कक्षा ११ र १२ तथा बीएडमा अध्ययनरत विद्यार्थीहरुलाई अनुरोध गरिएको छ । प्रतियोगीताको उद्घाटन भोलि बिहान १० हुने आयोजकले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर