सोलुखुम्बु । भदौ २७ देखि काठमाण्डौमा हुने ११ औं कोरियन एम्बेस्डर ओपन तेक्वान्दो च्याम्पियनशीप प्रतियोगितामा सोलुखुम्बुको दुधकुण्ड तेक्वान्दो डोजाङबाट ७ पुरुष र ७ महिला गरी १४ खेलाडीले संस्थागत रुपमा सहभागिता जनाउने भएका छन् ।
देशभरीकै सबै उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउने यस प्रतियोगितामा सोलुखुम्बुबाट संस्थागत रुपमा पहिलो पटक सहभागिता जनाउन लागिएको हो ।
नेपाल तेक्वान्दो संघ सोलुखुम्बु जिल्लाका उपाध्यक्ष प्रेमकुमार नेम्वाङका अनुसार राष्ट्रकै ठूलो प्रतियोगितामा सोलुखुम्बुबाट संस्थागत रुपमा खेलाडीहरु सहभागि गराउनु आफैमा गौरवको विषय भएको बताउनुभयो ।
उहाँले प्रतियोगिताबाट मेडल प्राप्त खेलाडीले भोलि देशकै प्रतिनिधित्व गर्दै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने हुँदा उनीहको वृत्ति विकासका लागि सहयोग पुग्ने समेत विश्वास व्यक्त गर्नुभयो।
उहाँले प्रतियोगितामा सहभागि हुन अत्याधिक खर्च लाग्ने बताउँदै स्थानीय वडा तथा खेलप्रेमीहरुसँग सहयोगका लागि आग्रह समेत गर्नुभएको छ ।
दुधकुण्ड तेक्वान्दो डोजाङका खेलाडीहरुले सहभागिता जनाउनेने प्रतियोगितामा सहभागि हुन अनुमानित २ लाख रुपैयाँ खर्च लाग्ने छ ।
दुधकुण्ड तेक्वान्दो डोजाङबाट जुनियर महिलातर्फ यु – ४२ केजि तर्फ श्रेया श्रेष्ठ र सन्ध्या राई, यु – ४४ केजि तर्फ जोलि राई र कल्पना राई, यु – ४६ केजि तर्फ बिनिसा राई, यु – ४९ तर्फ युनिका तामाङ, जुनियर पुरुषअन्तरगत यु – ४५ केजितर्फ सुबिन राई, कुसल मगर र यु – ४८ तर्फ चेतन श्रेष्ठ, फुरि शेर्पा, यु-५५ तर्फ बिजय तामाङ, यु – ६३ तर्फ अजय राई, यु-७३ तर्फ इसाक राई र सिनियर महिला तर्फ यु – ५३ तर्फ बै कुमारी राईको सहभागिता रहने छ ।
काठमाण्डौ सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको कभट हलमा हुने प्रतियोगितामा सोलुखुम्बुका खेलाडीहरुले ग्यारोगी विधामा प्रतिस्पर्धा गर्ने छन्।
अहिले खेलाडीहरु १ हप्ते क्लोज क्याम्पमा रहेका छन् । खेलाडिहरु सोलुखुम्बुबाट भदौ २४ गते काठमाण्डौ प्रस्थान गर्ने छन । भोलि खेलाडी काठमाडौ पठाउने भएसँगै आज जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापामगर लगायतको उपस्थितिमा बिदाई कार्यक्रम समेत तय गरिएको छ ।
कोरियन एम्बेस्डर तेक्वान्दोको लागि सोलुदुधकुण्ड तेक्वान्दो डोजाङबाट १४ खेलाडी सहभागी हुँदै
ताजा
लोकप्रिय
सम्बन्धित खबर
तपाईको बिचार