सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय उत्पादनलाई बढावा दिने उदेश्यले गाउँमै स्वदेशी ढाका उत्पादन गर्न थालेको छ । गाउँपालिकाको अनुदान सहयोगमा वडा नं. ७ मा स्वदेशी ढाकाबाट रुमाल तथा अतिथि सत्कारमा प्रयोग गर्न सकिने मफलरसहित सर्ट, चोली, साडिलगायतका सामाग्री उत्पादन भइरहेको सो वडाका वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय उत्पादनहरुलाई बढावा दिने गाउँपालिकाको नीतिअनुरुप अब गाउँमै यसरी स्वदेशी ढाकाबाट विभिन्न सामाग्री तयार हुने भएपछि आयातित खदा लगायतलाई विस्थापित गर्नुका साथै आन्तरिक आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
स्थानीय उत्पादनमा जोड दिइएको उल्लेख गर्दै ढाका उत्पादनलाई व्यवसायिक रुप दिदै आफ्नै ट्रेडमार्कमा बजारीकरण गर्न स्थानीय सरकारले पहल लिने वडा अध्यक्ष कार्कीको भनाइ छ ।
उहाँकाअनुसार अहिले १५ जना दिदिबहिनीहरुले रोजगार पाइरहेका छन् । यसलाई निकट भविष्यमै उद्योगको रुपमा अगाडि बढाएर रोजगारी सिर्जना गर्ने तयारी गरिएको वडा अध्यक्ष कार्कीको भनाइ छ ।
तपाईको बिचार