सोलुदुधकुण्डका कृषकको लागि खुशीको खबर, इच्छुक कृषकले आवेदन दिन सक्ने - दुधकोशी खबर

सोलुदुधकुण्डका कृषकको लागि खुशीको खबर, इच्छुक कृषकले आवेदन दिन सक्ने

  • Dudh Koshi २०८० भाद्र १९ मङ्गलबार १३:१३:३७

सोलुखुम्बु ।सोलु दुधकुण्ड नगरपालिकाले काष्ठफल तथा फलफूल लगाउन ईच्च्छुक कृषक तथा कृषि समूहहरुलाई आवेदन दिन आव्हान गरेको छ।

नगरपालिकाले सुरु हुन लागेको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल बिकास आयोजनाका लागि मंगलबार सूचना जारी गरेर आवेदन आव्हान गरेको हो।

एसियाली बिकास बैंक,बिश्व कृषि तथा खाद्य कार्यक्रम र नेपाल सरकारको संयुक्त बजेटबाट सञ्चालन हुने सो कार्यक्रम कार्यान्वयनमा आउने सोलु दूधकुण्ड नगरपालिका मुलुककै पहिलो स्थानीय तह हो।

कार्यक्रम सञ्चालनका लागि ७५३ स्थानीय तह मध्ये १०० वटा छनौट भएपनि यसको कार्यान्वयनको सुरुवात भने सोलु दुधकुण्ड नगरपालिकाबाट हुन लागेको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए। यो कार्यक्रममा सहभागी हुने कृषक,कृषि समूह, निजी कृषि फर्म तथा सहकारीले स्याउ,ओखर तथा किवीको व्यावसायिक खेती गर्दा कूल लागतमध्ये ५० प्रतिशत अनुदान प्राप्त गर्ने नगर प्रमुख शेर्पाको भनाई छ।

स्थानीय कृषकहरुलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले अघिल्लै कार्यकालमा आफुले पहल गरेर छनौट हुन सफल भएपनि यसको कार्यान्वयन बल्ल सुरु भएको शेर्पाले बताए।यो नेपालमा हालसम्म सञ्चालित कृषि आयोजना मध्ये सबैभन्दा बढी लगानीको भएको उनको दावी छ।

आयोजनामा सहभागी हुने कृषक र समूहको छनौट गरि नगरपालिकाले अनुदानका लागि सिफारिस गर्ने भएकाले आवेदन आव्हान गरिएको उनको भनाई छ।

नगरपालिकाद्वारा जारी सूचना अनुसार कार्यक्रममा सहभागी हुन एकै ठाउँ वा नछुट्टिएको कम्तीमा २० रोपनी जग्गा हुने कृषि,कृषि फर्म वा कृषि सहकारीले सम्बन्धित वडा मार्फत निवेदन दिनुपर्ने छ।निवेदनमा उल्लेख गरिएको विवरण सम्बन्धित वडाको कृषि प्राविधिकले पाथवे टेक्नोलोजीस एन्ड सर्भिस प्रालिले बिकास गरेको नाफा एपमा सो विवरण ल्याण्ड एन्ड म्यापिङ गर्ने कृषि शाखा प्रमुख पासाङ ग्याल्जेन शेर्पाद्वारा जारी सूचनामा उल्लेख छ।

तपाईको बिचार

सम्बन्धित खबर