माप्यकी ७० वर्षिया खगिमायालाई नागरिक्ताले दियो खुशी - दुधकोशी खबर

माप्यकी ७० वर्षिया खगिमायालाई नागरिक्ताले दियो खुशी

  • Dudh Koshi २०८० भाद्र १९ मङ्गलबार १२:३८:४२

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा एक ७० वर्षीया वृद्दाले नेपाली नागरिकताको प्रमाण-पत्र प्राप्त गरेकी छिन । जिल्लाको माप्यदुधकोशी गाउँपालिका ७ की ७० वर्षिया खगिमाया राईले जिल्ला प्रशासन सोलुखुम्बुबाट ७० वर्षको उमेरमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रशासनको अनुसार सानै उमेरमा आमाबुवा गुमाएर टुहुरो भएर वाक शक्ति समेत कम रहेकी अविवाहित महिलालाई वडा अध्यक्षको पहलमा नागरिक्ता दिईएको छ ।

नागरिक्ता पाएसँँगइ खगिमायाको जिवनमा खुशिको लहर चलेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर