सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ३ स्थित ज्वालामाई क्षेत्रको पैदल मार्ग स्तरोन्नति गरिने भएको छ ।
ज्वालामाई मन्दिरसम्म जानको लागि पैदल मार्ग व्यवस्थित गर्ने उदेश्यले आज डिपिआर गरिएको मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार सल्लेरी – तामाखानी सडकको मन्दिर प्रवेशद्वारदेखि ज्वालामाई मन्दिरसम्म पैदल बाटो सर्वे गरिएको हो ।
करिब १ किलो मिटर पैदल बाटोलाई व्यवस्थित बनाइने छ। पैदलमार्ग स्तरोन्नति नहुँदा दर्शनार्थीहरुलाई आवतजावतमा समस्या हुने गरेको थियो ।
तर यो समस्या चाँडै अन्त्य हुने समेत मेयर शेर्पाले विश्वास व्यक्त गर्नुभयो । यस्तै ज्वालामाई मन्दिर परिसरमा ढुङ्गाको सिँडि निर्माण गरिने छ भने मुख्य सडकको काकेचरा भिरदेखी ज्वालामाई मन्दिर, माथिल्लो बसपार्कसम्म पक्कि सडक सर्भे समेत गरिएको छ ।
तपाईको बिचार