थुलुङ दुधकोशीको नयाँ कदम - गाडी तार्न तुईन, बेलिब्रीज पुन: निर्माणमा कम्मर कसेर लागि परे अध्यक्ष राई - दुधकोशी खबर

थुलुङ दुधकोशीको नयाँ कदम – गाडी तार्न तुईन, बेलिब्रीज पुन: निर्माणमा कम्मर कसेर लागि परे अध्यक्ष राई

  • Dudh Koshi २०८० भाद्र १७ आइतबार १४:३१:४५

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको विचमा रहेको दुधकोशी नदिमाथी राखिएको वेलिब्रीजमा समस्या आएपछी केही समययता आवातजावत ठप्प भएको थियो ।

बेलिब्रीजमा समस्या आएपछी सोताङ र महाकुलुङ गाउँपालिकाको सम्बन्ध टाढा भएको थियो । सो क्षेत्रका नागरिकहरुलाई जिल्ला सदरमुकाम र राजधानी जान कठिन परिस्थिति थियो ।

सावारी साधन वारिको वारि र पारिको पारी नै रोकिएका थिए । बर्खा भएकै कारण तत्काल समस्या समाधान गर्न कठिन परिस्थिति थियो । जनताको समस्यालाई मध्यनजर राख्दै यहाँका स्थानीय सरकार तदारुकताका साथ लागि पर्यो ।

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई बेलिब्रीजमा समस्या आउनसाथ रातारात काठमाडौ पुगे । उनी मात्र काठमाडौ पुगेनन । त्यहाँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सरोकारवालाको ध्यानकर्षण समेत गराए ।

ध्यानकर्षण कार्यक्रममा अध्यक्ष राईसहित सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङको समेत सहभागिता थियो । ध्यानकर्षण पश्चात बेलिब्रीज तत्काल निर्माणका लागि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।
जसपश्चात अहिले धमाधम वैकल्पिक उपायबाट सवारी तार्ने देखि स्थलगत निरीक्षण समेत भइरहेको छ । अहिले बेलिब्रीज पुन;निर्माण कार्य नसकुन्जेल तुइनबाट सवारी तारिने अध्यक्ष राईले आज सामाजिक संजालमार्फत जानकारी गराएका छन ।
अहिलेलाई कोशीपारी रोकिएर रहेका जीप, सुमो लगायतको गाडीहरुलाई व्यावसायी तथा गाडी चालकहरुको अनुरोधमा थुलुङ दुधकोसी गाउँपालिकाकाे आर्थिक र प्राविधिक सहयोगमा कष्टपुर्ण तरिकाले तार्न थालिएको छ । यसरी सवारी तार्न निकै कठिन छ तर पनि स्थानीय सरकारले यो प्रयास थालनी गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर