सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा अवस्थित नुम्बुर हिमालको काखमा रहेको दुधकुण्डमा जनैपुर्णिमा विशेष मेला सम्पन्न भएको छ ।
हिन्दु र बौध धर्मावलम्बीहरुको आस्थाको केन्द्र समेत रहेको पवित्र धार्मिक स्थलमा यस वर्ष भाद्र महिनाको ११ गतेदेखि १४ गतेसम्म भव्य मेला लागेको थियो ।
दुधकुण्ड सामुन्द्रीक सतहदेखी ४ हजार ६ सय मिटरको उचाईमा रहेको धार्मिक स्थल हो । अत्याधिक चिसो र टाढा भएकै कारण दुधकुण्ड पुग्न सहज भने छैन ।
चिसो कै कारण दुधकुण्ड पुग्ने भक्तजनहरुलाई शारीरिक रुपमा विविध समस्या आइपर्छन ।
दुधकुण्ड पुग्ने अधिकांस दर्शानार्थिमा लेक लाग्ने, टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिन्छन।
भक्तजनमा देखिने यी यस्तै समस्यालाई मध्यनजर राख्दै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थाको सामाजिक उत्तरदायीत्व शिर्षकबाट आर्थिक सहयोग गर्दै आएको छ ।
साथै दुधकुण्ड मेलामा समेत यस कम्पनिको आर्थिक सहयोगमा नि:शुल्क स्वास्थ्य सिविर सन्चालन गरिएको छ ।
उक्त शिविरबाट ४२२ जना भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको आयोजना तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको हो ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले दुई दशकदेखि जीवन विमाको क्षेत्रमा काम गर्दै आएको छ । जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै यस कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।
चुस्त आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनको माध्यमबाट कम्पनीले सफलताको २२ औं वर्ष पार गरी जीवन बीमा व्यवसायको क्षेत्रमा आफूलाई एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको कम्पनी समेत हो ।
यस कम्पनीले जर्मनी स्थित विश्वको ख्यातीप्राप्त, पुर्नबीमा कम्पनी ह्यानओभर रि र नेपाल पुर्नविमा कम्पनीसँग पुर्नबीमा गरेको छ ।
कम्पनीले आम जनताको सुरक्षा र सम्बृद्धिको चाहनालाई ध्यानमा राख्दै फरक फरक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
यस क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापना गर्न कम्पनीले नेपाल लाइफ किनकि जीवन अमूल्य छ, भन्ने ब्राण्डलाई सशक्त बनाउँदै आएको छ ।
तपाईको बिचार