दुधकुण्ड मेलामा रेडक्रस टोलि सहित ३ ठाउँमा स्वास्थ्यकर्मी परिचालन - दुधकोशी खबर

दुधकुण्ड मेलामा रेडक्रस टोलि सहित ३ ठाउँमा स्वास्थ्यकर्मी परिचालन

दिप खालिङ/ सोलुखुम्बु

सोलुखुम्बुको दुधकुण्ड मेलामा जाने  तिर्थालुहरुको स्वस्थ्यलाई मध्य नजर गरि रेडक्रसको स्वयंसेवक टोलि सहित नगरपालिकाको स्वास्थकर्मि ३ ठाउँमा  परिचालन गरिएको छ

जनैपूणिर्माको दिन लाग्ने दुधकुण्ड मेला उच्च हिमालि स्थानमा रहेकोले तिर्थालुहरुको यात्रा सहजको लागि काम्डाँडा(कामु डाडा), ससरबेनि र दुधकुण्ड मेला स्थित ३ ठाउँमा शिबिर सन्चालन भएको हो ।
२०६६ साल देखि रेडक्रसले निरन्तर रुपमा नि:शुल्क औसधि र शिबिर सन्चालन गरि तिर्थालु यात्रीहरुलाइ सेवा दिई रहेको हो ।

४६०० मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिक स्थलको यात्रा गर्दा लेक लाग्ने, चोटपटक लाग्ने र अन्य बिरामी हुने भएकोले यो सेवा अत्यन्तै राम्रो भएको भक्तजनहरुको भनाइ छ ।
यो मेलामा खटिने रेडक्रसका स्वयंसेवक र स्वस्थकर्मिको टोलिलाई गाँस र बासको लागि नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय सल्लेरीले सामाजिक सुरक्षा कोषबाट आर्थिक सहयोग गर्नु भएको शाखा प्रमुख प्रकाश कार्कीले जानकारी दिनु भयो ।

तपाईको बिचार

सम्बन्धित खबर