दिप खालिङ/सोलुखुम्बु
टाक्सिन्दुको वडा सदस्या स्व टेक बहादुर राईको हिजो नुन्थलामा सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङबु शेर्पाले स्वर्गिय राइको पार्थिब शरीरलाई राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
स्वर्गिय राई आफनै जन्म दिनमा काठमाडौको कपन स्थित निजि निवासमा निधन भए पस्चात हिजो मात्र सोलुखुम्बुको टाक्सिन्दु स्थित घरमा लास ल्याएर टाक्सिन्दुबासि आम जनताहरुले पनि श्रद्धाञ्जली अर्पन गरेको थियो ।
टाक्सिन्दुमा एक युवा नेता, समाजसेबि, कुशल अभिभावक गुमाएको पछि समुदायलाई पनि ठुलो क्षति भएको र सहकर्मी गुमाएको दुख व्यक्त गर्दै सोलुदुधकुण्ड नगरपालिका वडा न १ को वडाअध्यक्ष श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
शोकमय समयमा सयौ जनाको उपस्थित रहेको थियो स्वर्गीय राईको पार्थिब शरीरको जन्मथलोमा नै अन्त्येष्टि गरेको थियो ।
तपाईको बिचार